दाङ २७ जेठ । दाङको तुलसीपुर स्थित नयाँ बसपार्क परिसरमा एक पुरुष मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार जेठ २४ गते बिहान बसपार्कको बस काउन्टरको दक्षिणतर्फ रहेको प्रतिक्षालयमा अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परेको हो। तर हालसम्म पनि उनको पहिचान हुन नसकेको प्रहरीले बताएको छ।
स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी पोष्ट बसपार्क, तुलसीपुरबाट प्रहरी नायब निरीक्षक उज्वल शाहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक व्यक्ति मागेरै जीविकोपार्जन गर्ने भएको र उनको नाम, थर तथा स्थायी ठेगाना नखुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेकोले आवश्यक अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस