after_navbar

असई चन्दमाथि कुटपिट


जेठ २८, २०८२


धनगढी,२७ जेठ । नेपाल प्रहरीमा कार्यरत एक असईमाथि कुटपिट भएको छ। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका अन्तर्गतको पचुई प्रहरी चौकीका असई तथा इन्चार्ज धीरबहादुर चन्दमाथि कुटपिट गरिएको हो।

सामाजिक सञ्जालमा असई चन्दलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले असई चन्दलाई लछारपछार गरिरहेको देखिन्छ। चन्दको कमिज समेत च्यातिएको छ।

उक्त भिडियो बाहिरिएसँगै कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले असई चन्दमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको छ र उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइने छ।

प्रहरीका अनुसार केही दिनअघि दिउँसोको समयमा प्रहरी चौकी नजिकै सामान जाँच गर्ने क्रममा चन्दमाथि हातपात र कुटपिट भएको हो।

कुटपिट गर्ने समूह भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="