काठमाडौँ,२९ जेठ । उच्च अदालत वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतका कार्यकर्ताले इजलासमै कालोमोसो दलेका छन् ।
बिहीबार इजलासमा धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुलाई कालोमोसो दलेका हुन् ।
इटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको कसुरमा कांग्रेस नेता अफताब आलमलाई दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको फैसलालाई उल्टाउँदै न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको थियो ।
अपराधीलाई उन्मुक्ति दिइएको भन्दै बहुमतले जनकारबाही स्वरूप न्यायाधीश थारूलाई कालोमोसो दलेका हुन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस