after_navbar

प्रहरी महानिरीक्षकमा कार्की नियुक्त


कार्तिक २५, २०८२


काठमाडौ,२४ कार्तिक । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

ad

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ आईजीपीको जिम्मेवारी दिएको हो।

२४ भदौमा जेन–जी आन्दोलनका बेला कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनले प्रहरी प्रधान कार्यालयमा मानव स्रोत साधन विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड गरेका थिए भने एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरमा रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।

ईमानदार र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित कार्की आर्थिक विवादमा नपरेका अधिकारी हुन्। उनी विदेशमा विभिन्न तालिम लिइसकेका छन् र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="