after_navbar

बर्दियाका वन्यजन्तु पीडितको काठमाडौँमा प्रदर्शन


पुष २६, २०८२


काठमाडौँ,२६ पुस। बर्दियामा वन्यजन्तुका कारण पीडित बनेका स्थानीयले काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

ad

नागरिक समाज बर्दियाको अगुवाइमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभामा वक्ताहरूले बाघ र हात्तीको आक्रमणबाट विगत धेरै वर्षदेखि हरेक हप्ताजसो मानिसहरूले ज्यान गुमाइरहे पनि सरकारले नागरिक सुरक्षाप्रति गम्भीर चासो नदेखाएको गुनासो गरेका छन् ।

उनीहरूले वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण र प्रभावित नागरिकको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेकपा (संयुक्त) की केन्द्रीय सदस्य तथा प्रभावित क्षेत्रकी बासिन्दा निता शर्माले सरकारले अविलम्ब समस्या समाधान नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

उनले भनिन “सरकारले तत्काल समस्या समाधान गर्नुपर्छ, अन्यथा हामी सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="