काठमाडौं,२७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । वि.सं. १७७९ सालमा जन्मिएका शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ ।
उनी आधुनिक नेपालको एकीकरणका प्रमुख नायक भएको इतिहासकारहरूले बताएका छन् । शाहले नेपालको एकीकरणमा पुर्याएको योगदानको स्मरण गर्दै सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको जनाइएको छ ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ । पार्टीका नेताहरूले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता भएको बताए । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाइने गरिन्छ भन्ने उनीहरूको भनाइ छ ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको जनाएको छ ।
वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा शाहको निधन भएको थियो ।
उनले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि सान्दर्भिक रहेको विद्वानहरूले बताएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस