after_navbar

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस


पुष २८, २०८२


काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ ।

ad

पारित कार्यविधिअनुसार अब बन्द सत्रसहित महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी ‘कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ लागू गरिएको हो ।

महाधिवेशनको बन्द सत्र काठमाडौँ–५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको थियो ।

यसैबीच बन्द सत्रमा हालको देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ । उक्त प्रस्तावमाथि छलफल र निर्णय प्रक्रिया कार्यविधिअनुसार अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="