काठमाडौं,५ माघ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् ।
प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई निकायलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानका लागि पत्र पठाएको थियो ।
कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड रुपैयाँ बुझाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको दाबी गर्दै प्रसाईंले केही समयअघि एक भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा गरिएको आरोपलाई लिएर आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो ।
प्रसाईंमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिता अन्तर्गतका कसुरमा कारबाही हुनुपर्ने मागसहित आयोगले प्रहरीलाई पत्राचार गरेको बताइएको छ । प्रहरीले हाल प्रसाईंलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस