after_navbar

दाङ क्षेत्र नं ३ बाट १६ जनाको मनोनयन दर्ता


माघ ०७, २०८२


दाङ ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

ad

निर्वाचन आयोग, नेपालका अनुसार दर्ता भएका उम्मेदवारहरूमध्ये अधिकांश पुरुष रहेका छन् भने एक जना महिला उम्मेदवार पनि समावेश छिन्।

राजनीतिक दलतर्फ नेपाली काँग्रेसबाट दिपक गिरी , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट घनश्याम पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, राष्ट्रिय जनमोर्चाबाट कमला जीसी, नेशनल रिपब्लिक नेपालबाट प्रितम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी , राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुबेदी, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बलबहादुर ओलीले मनोनयन दर्ता गराएका छन्।

यसैगरी ,स्वतन्त्र उम्मेदवारका रूपमा गोपाल वली, सुरेश नेपाली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार र इन्द्रबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारहरूको उमेर ३१ वर्षदेखि ६३ वर्षसम्म रहेको छ। अब उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेन्डा लिएर मतदातामाझ पुग्ने तयारीमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="