काठमाडौ,२५ वैशाख। सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत (कन्सल)लाई पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रमसम्बन्धी महासन्धि १९३० को २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ।
यस्तै, श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १९४७ नम्बर ८१ पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने निर्णय गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस