दाङ, २५ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन गरेको छ। विश्व रेडक्रस दिवस तथा शाखा स्थापना दिवसको अवसरमा उक्त स्मृतिग्रन्थ विमोचन गरेको हो।
स्मृतिग्रन्थको विमोचन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्मृतिग्रन्थ केवल पुस्तक मात्र नभई समाजका लागि प्रेरणा र इतिहासको दस्तावेज भएको उल्लेख गरे। सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदान भावी पुस्तासम्म पुर्याउन यस्ता प्रकाशन महत्वपूर्ण हुने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै सञ्चारकर्मी तथा अधिकारकर्मी सुशील बस्नेतले स्वर्गीय नारायण आचार्यको सामाजिक सेवा, मानवीय अभियान र संस्थागत विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। उनले आचार्यको योगदान समाजका लागि प्रेरणादायी भएको बताए।
त्यस्तै, लेखकहरूको तर्फबाट विष्णुकुमार देवकोटाले रेडक्रस दाङको स्थापना र “वल्डबैक” स्थापना गर्न आचार्यले खेलेको भूमिकाको चर्चा गर्दै उनको योगदान सधैं सम्झनयोग्य रहने बताए।
कार्यक्रममा वक्ताहरूले रेडक्रस अभियान, मानव सेवा, सामाजिक उत्तरदायित्व र समुदायमा सहकार्यको महत्वबारे चर्चा गरेका थिए। कार्यक्रममा रेडक्रसकर्मी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस