‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं
४ घण्टा अगाडि
काठमाडौ,२६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहमाथि नागरिकको घरसँगै सपना पनि भत्काएको आरोप लगाएका छन्।
उनले निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गरे। विदेशमा रहेका नेपालीले परिवारलाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको उल्लेख गर्दै अहिले “घर नै नभएको अवस्थामा कहाँ फर्किने ?” भन्ने अवस्था सिर्जना भएको उनले बताए।
प्रसाईँले सुरुदेखि नै बालेन नेतृत्व विदेशी प्रभावमा बनेको आरोप लगाउँदै आएका आफूलाई हालका गतिविधिले पुष्टि गरेको जिकिर गरे। उनले सरकारमाथि न्यायालयमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले विवाद सिर्जना गरेको उनको टिप्पणी छ।
प्रतिक्रिया दिनुहोस