after_navbar

कारले ठक्कर दिँदा २ वर्षीय बालकको मृत्यु


२ घण्टा अगाडि


बाँके, २७ वैशाख । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । खजुरा गाउँपालिका–६, उढरापुरमा कारलाई ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बा.प्र. ००१–०३० च. २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाका छोरा अरहान अहमद जोलाहाको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार शनिबार साँझ भित्री सडकमा कार ब्याक गर्ने क्रममा सडकमा रहेका बालकलाई ठक्कर लागेको हो ।
घटनापछि कार चालक खजुरा गाउँपालिका–७ निवासी ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="