भ्रष्टाचारमा मुछिए आफ्नै पार्टीले कारबाही गर्छ : सभापति थापा
२ घण्टा अगाडि
काठमाडौ, २८ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले नै कारबाही गर्ने बताएका छन् ।
सुर्खेतमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । उनले कुनै पनि जनप्रतिनिधि आर्थिक अनियमिततामा संलग्न भएको तथ्य प्रमाणसहित पुष्टि भएमा अख्तियारले कारबाही गर्नुभन्दा अघि नै पार्टीले कदम चाल्ने स्पष्ट पारे ।
सभापति थापाले पार्टीलाई काम र परिणाम आवश्यक रहेको बताउँदै जिम्मेवारीपूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका संसदीय दलका नेता, मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख,उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस