after_navbar

एक सातामा ६१४ इभी नेपाल भित्रिए


४ घण्टा अगाडि


काठमाडौ,१५ जेठ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै एक सातामा ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार ७ जेठदेखि १५ जेठसम्म कोरलानाका हुँदै ती इभी भित्रिएका हुन्। भन्सार प्रमुख विदुर चुँडालका अनुसार सबै इभीको जाँचपास भइसकेको छ र ती सवारीसाधन बिवाइडी कम्पनीका रहेका छन्।

भित्रिएका इभीमध्ये केही जोमसोमसम्म आइपुगेका छन् भने केही भन्सार प्रक्रियामै छन्। चार्जिङ स्टेसनको अभावका कारण सवारीसाधन केही समय रोक्नुपर्ने अवस्था रहेको बताइएको छ। हाल उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा मात्रै चार्जिङ स्टेसन सञ्चालनमा छन्।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि चीनबाट सवारीसाधन र अन्य सामानको आयात बढेको छ। भन्सार कार्यालयका अनुसार गत पुस मसान्तसम्म यही नाकाबाट २ हजार ३२९ वटा इभी नेपाल भित्रिएका थिए।

यो नाका हुँदै व्यापार बढेसँगै स्थानीय युवाले रोजगारी समेत पाएका छन्। सीमावर्ती क्षेत्रमा सवारी चलाउने तथा ढुवानी कार्यमा उनीहरू संलग्न छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="