after_navbar

एक महिने कटाई-सिलाई तालिम सम्पन्न


५ घण्टा अगाडि


दाङ, २२ असार । पश्चिम दाङको दंगीशरण गाउँपालिकास्थित श्रीगाउँमा सञ्चालन गरिएको एक महिने आधारभूत कटाई- सिलाई तालिमको समापन गरिएको छ। वडा नम्बर ६ का महिलालाई लक्षित गरेर गत जेठ २२ गतेदेखि उक्त तालिम सञ्चालन गरिएको थियो ।

थर्ड आई नेपालको आयोजना र वडा नं. ६ को आर्थिक सहयोगमा महिला लक्षित सीप विकास अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।

तालिम समापनका अवसरमा प्रमुख अतिथि समेत रहेका
वडा नं ६ का वडा अध्यक्ष रोशन जंग शाहले यस्तो सीपले महिलालाई आत्मनिर्भर बनाउने बताएका थिए। उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे। उनले सिपलाई व्यवसायीमुखी बनाउन आगामी वर्ष एडभान्स तालिम सन्चालन गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे।

वडा सदस्य कान्छुराम चौधरीले यस्ताखाले तालिमले महिलालाई व्यावसायिक बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले सिपलाई व्यवसायसंग जोडेर लैजान आग्रह समेत गरेका छन ।

तालिमको मुख्य प्रशिक्षक तारा प्रसाद परियारले छोटो समयमा पनि प्रशिक्षार्थीहरुले धेरै सीप सिकेको बताए। एक महिनाको अवधिमा कुर्ता-सुरुवाल, ब्लाउज र पेटिकोट,टोपी ,जामा लगायतका कपडा सिलाउन सक्ने भएको बताए।

प्रशिक्षार्थी मनिषा खत्रीले तालिमले आत्मविश्वास बढाएको बताइन्। सुरुमा मेसिन चलाउन डर लागे पनि अहिले आफैं कपडा सिलाउन सक्ने सीप आर्जनसंगै र आत्मविश्वास समेत बढेको बताइन् ।

थर्ड आई नेपालका प्रतिनिधि दर्शन आचार्यको अध्यक्षतामा तालिमको समापन गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="