बस र कारको ठक्करपछी सुनकोसीमा कार खस्यो: चारजना बेपत्ता
१२ घण्टा अगाडि
काठमाडौ,१८ साउन । सुनकोसीमा कार खस्दा चारजना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बस र कार ठक्कर खाँदा कार सुनकोशी नदी मा खस्दा चारजना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बसले सोमबार बिहान करिब ११:३० बजे कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब १५० मिटर तल नदीमा खसेको हो।
प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठका अनुसार कारभित्र चार जना सवार रहेको खुलेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेपनि प्रहरी टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य तीव्र बनाइएको छ।
बाढीका कारण सुनकोशी नदी मा खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु र कारको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल को खुर्कोट बेस क्याम्पबाट गोताखोर टोलीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार आवश्यक उपकरणसहितको टोलीले उद्धार कार्य जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस