प्युठान ,१८ साउन । प्रहरीले ३२ नाल अबैध भरुवा बन्दुक फेला पारेको छ। प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप बरामद गरेको छ।
बरामद गरिएका हतियार तथा पार्टपुर्जा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस