after_navbar

रेडक्रस दाङको ६४औँ स्थापना दिवस


४ मिनेट अगाडि


दाङ,२० भदौ ।‘मानवताका लागि ऐक्यबद्ध हौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले ६४औँ स्थापना दिवस तुलसीपुरमा मनाएको छ।

कार्यक्रममा सहभागीहरूले मानवीय सेवा, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइका क्षेत्रमा रेडक्रसले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले मानवीय सेवामा संलग्न रेडक्रसका स्वयंसेवकलाई अझ उच्च मनोबलका साथ सेवामा सक्रिय हुन आग्रह गरेका छन्।

विपद्को यस समयमा रेडक्रसका स्वयंसेवकको भूमिका अझ महत्वपूर्ण हुने भन्दै उनीहरूलाई थप सक्रिय भएर काम गर्नसमेत अनुरोध गरिएको थियो।

दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक मन्त्री नवराज रजौरे, रेडक्रस लुम्बिनी प्रदेश सदस्य देविका नेपाली, तुलसीपुर पालिका शाखा संयोजक मदनराज धिताल र जुनियर रेडक्रस समितिका सदस्य होमराज डाँगीले आफ्ना धारणा राखेका थिए।

जिल्ला उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="