after_navbar

देउवा समूहले तोक्यो मधेसमा पाँच संयोजक


२ मिनेट अगाडि


काठमाडौ। समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेस प्रदेशका पाँच जिल्लामा संयोजक तोकेको छ।

पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई महाधिवेशन आयोजकको जिम्मेवारी दिएर समानान्तर महाधिवेशनको तयारीमा जुटेको समूहले यसअघि नै ५५ जिल्लामा संयोजक तोकिसकेको छ।

संयोजकको हैसियतमा डा. कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई संयोजक तोकिएको सम्पर्क कार्यालयले जनाएको छ।

समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="