दाङ। केही दिनदेखि लगातार उतारचढाव भइरहेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ।
बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ थियो।
यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा पछिल्लो समय पुनः उतारचढाव देखिन थालेको छ।
प्रतिक्रिया दिनुहोस