after_navbar

लुम्बिनीका क्षेत्रमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन


१ घण्टा अगाडि



दाङ। लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल तथा व्यापारिक संरचना हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत कोषले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="