after_navbar

लागूऔषधसहित १७ जना पक्राउ


१ घण्टा अगाडि


दाङ। नियमित गस्ती तथा चेकजाँचमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय समाचार कक्षका अनुसार दाङ, काठमाडौं, कैलाली, झापा, बारा, चितवन, बर्दिया, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौंबाट भारतका ३२ वर्षीय शिवकुमार चौहान, कैलालीबाट २७ वर्षीय अजय चौधरी, झापाबाट २७ वर्षीय रितेश राई र अनिल राई तथा बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेख पक्राउ परेका छन् ।

त्यस्तै, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी र सुर्खेतबाट ३२ वर्षीय दीपक झा पक्राउ परेका छन् ।

चितवन, बर्दिया र दाङका घटनामा पक्राउ परेका अन्य व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन तथा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="