दाङ। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस ३ हजार ६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १ सय २० रुपैयाँले वृद्धि हुँदै ३ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस