after_navbar

लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने


माघ ०८, २०८१


दाङ,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देहीमा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही पुगेका छन्।

ad

रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार रुपन्देही पुगेका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि देखिनै रुपन्देहीमा छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="