दाङ,२ फागुन । दाङको तुलसीपुरमा एकजना बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-९ कटकुइयामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका हुन् ।
शनिबार अपराह्न करिब ३:३० बजे कटकुइयाबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ त ९१९८ नम्बरको ट्याक्टरले पैदलयात्री अनमोल चौधरीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्। घाइते बालक कटकुइयाका तारा घर्तिका छोरा हुन्।
ट्याक्टरको ठक्करबाट अनमोल चौधरीको मुख, टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएको छ। उपचारमा उनकी आमा संलग्न छन् । अस्पताल स्रोतका अनुसार बालकको अवस्था मध्यम रहेको छ।
ट्याक्टरका चालक ३२ वर्षीय ओमकार बुढामगरलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस