काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ।
गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो। साढे पाँच बजे उनको मृत्यु भएको पुष्टि भएको छ।
३० वर्षीय लक्ष्मण पासवानले रुबी कुमारी साहलाई आफ्नो कोठामा हत्या गरेको स्वीकार गरेका थिए। बुधबार बिहान उनले हिन्दी भाषामा ९ मिनेट ३० सेकेन्ड लामो भिडियो सन्देशमार्फत गौर ५ मा आफ्नै डेरामा हत्या गरी शव सुटकेटमा हालेर अटो रिक्सामा पठाएको स्वीकार गरेका थिए।
पासवान र रुबी दुवैको जन्मस्थान र घर माधोपुर, माधवनारायण नगरपालिका-६ र उनीहरू सानैदेखि साथी र कक्षाका सहपाठी थिए। कक्षा १० मा दुवैले भारतको सीतामढीमा भागेर विवाह गरेका थिए, तर रुबीकी आमाले विवाह स्वीकार नगरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस