अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्।
पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार (भदौ १३) बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए।
उक्त घटनामा कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलतर्फ प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली प्रस्थान गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस