काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका छन्।
सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको ज्यान गएको छ। त्यसैगरी पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाको पहिरोमा परी मृत्यु भएको छ। रौतहटमा तीन जनाको चट्याङ लागेर ज्यान गएको छ भने मोरङ, सिन्धुली र महोत्तरीमा एक–एक जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको र काभ्रेपलाञ्चोकमा दुई महिलाको शव फेला परेको पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस