after_navbar

तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध


असोज २३, २०८२


ad

काठमाडौं, २३ असोज। अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीले कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात पूर्णरूपमा ठप्प भएको जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार सबैभन्दा बढी प्रभाव कोशी प्रदेशमा परेको छ। संखुवासभाका दुई स्थानमा कोशी राजमार्ग, इलाममा मेची राजमार्ग र पाँचथरमा तमोर करिडोर बाढीपहिरोका कारण बन्द भएका छन्।

बागमती प्रदेशमा रसुवास्थित पासाङ ल्हामु राजमार्ग तथा काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न भागमा बीपी राजमार्ग अवरुद्ध भएको छ।

यस्तै, कर्णाली प्रदेशमा पनि कर्णाली करिडोरका दुई खण्डमा आवागमन रोकिएको छ। हुम्लाको खार्पुनाथ र कालिकोटको पचालझरनामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यसैबीच, धनकुटाको कोशी लोकमार्ग र मकवानपुरको भीमफेदी–बकैयास्थित कान्ति लोकपथका दुई खण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ।

प्रहरीका अनुसार अवरुद्ध राजमार्ग खुलाउन डोजर तथा सुरक्षाकर्मी परिचालन गरी सडक मर्मत र सफाइ कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="