काठमाडौं,३ कार्तिक । इजरायलमा २ वर्ष १३ दिनअघि हमासले अपहरण गरेका नेपाली युवक विपिन जोशीको शव अन्ततः स्वदेश आइपुगेको छ।
फ्लाइ दुबईको विमानमार्फत जोशीको शवको अवशेष सोमबार नेपाल ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शव बोकेको विमान केही समयअघि काठमाडौं अवतरण गरेको छ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। दुई वर्षभन्दा बढी समयपछि उनको शव फेला परेर नेपाल ल्याइएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस