after_navbar

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन


कार्तिक ०८, २०८२


दाङ,७ कार्तिक । अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन भएको छ।भोलि पुनः छलफल गर्ने सहमतिपछि झण्डै दुई घण्टा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको हो ।

ad

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार, मृतकका आफन्त र प्रशासनबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।

बस चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका थिए । लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमा धर्ना दिँदै उनीहरूले सवारी साधन आवागमन रोकेका थिए ।

भाइटिकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किँदै गरेका राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षीय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै आफन्तहरूले हदैसम्मको कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="