after_navbar

निकुञ्ज र आरक्ष संरक्षणका लागि ९ हजारबढी सैनिक परिचालन


कार्तिक ०, २०८२


काठमाडौ,८ कार्तिक। नेपाली सेनाले देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ।

ad

नेपाल सरकारद्वारा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्षण तथा चुरे क्षेत्रको संरक्षणका लागि सेनाका नौ हजार ४६ जना जनशक्ति खटिएको नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

उनका अनुसार सेनाका आठ वटा गण, दुई वटा वन तथा वातावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मले यी क्षेत्रको संरक्षणको जिम्मेवारी सम्हालेका छन्।

थापाका अनुसार चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा गरिएको कारबाहीबाट ४२ नाल हतियार, एक हजार ९७६ वटा जाल–पासो, एक हजार ९६५ वटा घरेलु औजार, ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरिएको छ।

सेनाको सुदृढ सुरक्षा र संरक्षण प्रयासका कारण पछिल्ला १५ वर्षयता बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ र गैँडाको संख्या ७५२ पुगेको छ। सन् २००९ मा बाघको संख्या १२१ र २००५ मा गैँडाको संख्या ४०० मात्र थियो।

यी उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणले ११६ जना सैनिकले ज्यान गुमाएका छन्। यसै आर्थिक वर्षमा मात्रै पाँच जना सैनिक जङ्गली जनावरको आक्रमणमा परी घाइते भएका छन्।

नेपालका हिमालहरूको सौन्दर्य जोगाउन सेनाले पछिल्लो दशकदेखि वार्षिक रूपमा “हिमाल सफाइ अभियान” पनि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="