after_navbar

ट्रंकलाइन विवाद संवादबाट समाधान गर्न मुख्यमन्त्री आचार्यको आग्रह


कार्तिक १३, २०८२



दाङ ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विवाद संवाद र सहकार्यमार्फत समाधान गर्न आग्रह गरेका छन् ।

ad

नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको बिजुली काटेपछि प्रदेशका धेरै उद्योग बन्द भएका र सयौं श्रमिक रोजगारीविहीन बनेका छन्। यसले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको भनाइ छ।

मुख्यमन्त्री आचार्यले बुधबार जारी विज्ञप्तिमा संघीय सरकारले अभिभावकको भूमिकामा रही प्राधिकरण र उद्योगीबीच वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

उहाँले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना, श्रमिक हकहितको रक्षा र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग प्रवर्द्धन, श्रमिक हित संरक्षण र समग्र आर्थिक विकासप्रति निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="