after_navbar

सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने


कार्तिक १४, २०८२


sanghiya

काठमाडौ,१३ कार्तिक । सरकारले सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने भएको छ । आज बिहिबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्ययोजना बनाउन निर्णय गरेको हो।

ad

२०७८ साल भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधारका उपायसमेत समेटिएको कार्ययोजना तयार पार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। बैठकले कार्ययोजना आगामी २०८१ कात्तिक १६ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।

बैठकपछि मुख्यसचिव अर्यालद्वारा जारी विज्ञप्तिअनुसार, आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कार्यलाई तीव्र पार्ने निर्णय गरिएको छ। साथै, जनधनको क्षतिको विस्तृत विवरण संकलन गरी राष्ट्रिय योजना आयोगको अनलाइन पोर्टलमा अभिलेख राख्ने व्यवस्था मिलाइने पनि उल्लेख छ।

आन्दोलनले प्रभावित पारेका विद्यालय, स्वास्थ्य संस्था, आवास र अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य तत्काल सुरु गरिने र त्यसका लागि आवश्यक स्रोत, जनशक्ति तथा स्थानीय तहसँगको समन्वय गृह मन्त्रालयको संयोजनमा अघि बढाइने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयलाई सञ्चार प्रणाली, आपतकालीन सेवा र उद्धार कार्यमा अवरोध नआओस् भनेर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पुनर्निर्माण र सुधारका काममा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="