after_navbar

अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते


कार्तिक १७, २०८२


रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार भूमे गाउँपालिका–१ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुई जना एकै घरका जेठानी–देउरानी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अटो भिरबाट खोलामा खस्दा चार जना बीचमै अड्किएर ज्यान जोगिएका थिए।
शनिबार बेलुकी करिब पौने ६ बजे भूमे गाउँपालिका–१ लुकुमस्थित मध्ये पहाडी लोकमार्गको पञ्चासे भन्ने स्थानमा रा.१ ह ६७९७ नम्बरको अटो सडकबाट झन्डै ३०० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनापछि सम्पर्कविहीन रहेका अटो चालक भूमे–१ का २९ वर्षीय जोते घर्ती आइतबार बिहान सम्पर्कमा आएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="