after_navbar

रहेनन् ‘पानी बा’


कार्तिक १७, २०८२


दाङ, १६ कार्तिक । ‘ पानी बा’ नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहँदै आएका डिसीको प्रतिष्ठानकै भेन्टिलेटरमा उपचार भइरहेको थियो।

स्थानीयवासीबीच ‘पानी बाजे’ नामले परिचित डिसीले घोराहीमा खानेपानी सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले दशकौँदेखि संस्थाको अध्यक्षका रूपमा निरन्तर सेवा गरेका थिए ।

खानेपानी मात्र होइन, विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रहँदै डिसीले समुदायको विकास र सेवामा जीवन समर्पण गरेको घोराहीका स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="