after_navbar

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता


कार्तिक १७, २०८२


काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। साम्पाङ स्वयं आइतबार आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन्।

पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ। हाल पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी तोकिएका छन्।

दलको पदाधिकारीहरूमा अध्यक्षमा हर्कराज राई (हर्क साम्पाङ), उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई ,कोषाध्यक्षमा समिता राई रहेका छन् । यसैगरी प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

साम्पाङले दसैँअघि, असोज १२ गते, निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="