दाङ, १८ कार्तिक । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशाला गेट नजिक सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटनामा परेको छ।
ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सडकको मोडमा नियन्त्रण गुमाएर सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक र त्यसमा रहेको सिमेन्टमा क्षति पुगेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली राति नै घटनास्थल पुगेको र ट्रक तथा मालसामानको सुरक्षा गर्दै सडकमा भएको ट्राफिक अवरोध हटाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस