after_navbar

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की


कार्तिक १, २०८२


काठमाडौ,१८ कार्तिक ।प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र निःशुल्क बनाउन नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई सम्मानजनक र जिम्मेवार बनाउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिईन् ।

ad

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीप विकासमार्फत दक्ष जनशक्ति बनाउनुपर्ने बताईन् । उनका अनुसार वैदेशिक रोजगारीबाट आर्जित सीप, पूँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार नीति अवलम्बन गरिरहेको छ ।

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेका ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिकको हितका लागि प्रभावकारी रहेको बताउँदै सबै कल्याणकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने बोर्डको प्रयास प्रशंसनीय भएको उल्लेख गरिन् ।

उनले वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सृजना गर्न, सीपआधारित उद्यम विस्तार गर्न र पुनःएकीकरणका कार्यक्रमहरू बलियो बनाउन मन्त्रालयलाई कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिईन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="