after_navbar

कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त


४ घण्टा अगाडि


काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

ad

संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।

यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई प्राप्त छ।

पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले १७ मंसिरमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दाबी पेस गर्ने समय १९ मंसिर साँझ ५ बजेसम्म रहेको थियो।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार ६ दलको समर्थनसहित यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="