after_navbar

नेसंविका उपकुलपतिमाथि आक्रमण : दाङ कांग्रेसले गर्‍यो दोषीलाई कारबाहीको माग


४ घण्टा अगाडि



दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति नेपाली कांग्रेस दाङले गम्भीर आपत्ति जनाएको छ ।

ad

नेपाली कांग्रेस दाङले सोमबार जारी गरेको विज्ञप्तिमा पुस ६ गते आइतबार बिहान करिब ८ः३० बजे बेलझुण्डीस्थित उपकुलपतिको आवास क्षेत्रमा प्रवेश गरी अज्ञात समूहले उपकुलपतिसहित तीन जनामाथि आक्रमण र दुव्र्यवहार गरेको घटनाको घोर निन्दा गरेको छ ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा जारी विज्ञप्तिमा देशकै प्रतिष्ठित शैक्षिक संस्थाका जिम्मेवार व्यक्तिहरूमाथि भएको आक्रमणलाई अराजक, असभ्य र कानूनविपरीत कार्यका रूपमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाका सम्मानित व्यक्तिहरूमाथि गरिएको आक्रमण कानून र विधिको ठाडो उल्लंघन हो ।”

यस्ता गतिविधिले विश्वविद्यालयको पठनपाठन वातावरणमा गम्भीर असर पार्नुका साथै समाजमा नकारात्मक सन्देश जाने कांग्रेस दाङको ठहर छ ।
कांग्रेस दाङले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी कानूनबमोजिम कडा कारबाही गर्न माग गर्दै विश्वविद्यालयमा सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="