after_navbar

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज


५ घण्टा अगाडि


काठमाडौं,८ पुस । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क पुनः साविककै दरमा कायम भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन् ।

ad

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो ।

यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ मात्र रहेको थियो । शुल्क वृद्धिको निर्णयप्रति वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाउँदै आएका थिए । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले वृद्धि गरिएको शुल्क खारेज गरिएको जानकारी दिए ।

मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको भन्दै शुल्क वृद्धि गरेको भए पनि त्यो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो ।


“सरकारले अनावश्यक रूपमा श्रमिकको खर्च बढाउने निर्णय गरेको थियो,” गुरुङले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="