after_navbar

फागुन २१ मै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल


५ घण्टा अगाडि


काठमाडौँ,१० पुस। अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए।

ad

बिहीबार एक कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको भने। उनले अफवाह र हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे। “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, भ्रममा नपर्न म सबैलाई आग्रह गर्छु,” उनले भने।

खनालले अहिलेको सरकार जेनजी आन्दोलनपछि बनेको बताए। उनले सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे। निर्वाचनपछि देशको अर्थतन्त्र बिस्तारै सुधार हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा ४७ वर्षदेखि रोकिएको अस्पतालको जग्गा दर्ता प्रक्रिया हालै पूरा भएको जानकारी दिइयो। खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए।

दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलले ४७ वर्षदेखि अड्किएको काम पूरा भएको भन्दै सरकारलाई धन्यवाद दिए।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी र अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="