after_navbar

रास्वपामा एकता : सभापति रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन


पुष १३, २०८२


काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्।

ad

सहमतिअनुसार पार्टीको नाम एकीकरणपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको चुनाव चिह्न घण्टी कायम रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।

त्यसैगरी पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहने उल्लेख गरिएको छ।

सहमतिपत्रमा दुवै नेताले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


त्यस्तै , समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

पार्टी एकीकरणपछि संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति पनि भएको छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति गरिएको

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="