after_navbar

दलहरूको बन्द सूची संकलन आजदेखि सुरु


पुष १३, २०८२


काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ।

ad

निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको छ। आयोगको कार्यतालिकाअनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्न पाउनेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया तोकिएको समयसीमाभित्रै सम्पन्न गरिने जानकारी दिए।
आयोगका अनुसार पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता तथा सूचीको संरचना जाँच गरिनेछ।

छानबिनपछि पुस २१ देखि २७ गतेसम्म सम्बन्धित दलहरूलाई त्रुटि सच्याउने अवसर प्रदान गरिनेछ। त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म पुनः परीक्षण गरी माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिने आयोगले जनाएको छ। अन्तिम रूपमा माघ २० गते समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशन गरिनेछ।

यस निर्वाचनमा समानुपातिक प्रणालीमार्फत भाग लिन १०० वटा राजनीतिक दल दर्ता भएका छन्। ती दलहरूले ९३ वटा निर्वाचन चिह्न प्रयोग गरी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। आयोगले दर्ता भएका दलहरूलाई मात्र बन्द सूची पेस गर्न पाउने व्यवस्था लागू गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="