दाङ,१५ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। कमल प्रकाश शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित कार्यसमितिमा शिव न्यौपाने र सागर न्यौपाने कार्यकारिणी उपाध्यक्ष चयन भएका छन्।
त्यसैगरी उपाध्यक्षमा पारस न्यौपाने, छबिन रावत, नितेश सोनी र सागर चौधरी चयन भएका छन्।
यस्तै, सह–सचिवमा सजित रावत चयन भएका छन्।
नयाँ नेतृत्वले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा अघि बढाउने अपेक्षा जेसीजका पुर्व पदाधिकारीहरुको रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस