after_navbar

आन्तरिक उडानको भाडा दर घट्यो


पुष १८, २०८२


काठमाडौँ ,१८ पुस । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ । समायोजनपछि विभिन्न आन्तरिक गन्तव्यमा उडान भाडा घटेको हो ।

ad

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सोहीअनुसार आजदेखि लागू हुने गरी फ्युल सर्चार्ज घटाइएको प्राधिकरणले जनाएको छ ।

नयाँ दरअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढी जाने यात्रुले २ सय ६५ रुपैयाँ कम भाडा तिर्नुपर्नेछ । यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको धनगढीको फ्युल सर्चार्ज घटेर ५ हजार ६ सय ५५ रुपैयाँ कायम गरिएको छ ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ भाडा घटाइएको छ भने काठमाडौं–भद्रपुर उडानमा २ सय ४५ रुपैयाँ कम गरिएको छ । क्षेत्रीय उडानतर्फ झनै बढी राहत दिइएको छ । जनकपुर–नेपालगञ्ज रुटमा २ सय ७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा ३ सय ३० रुपैयाँ भाडा घटाइएको छ । काठमाडौं–सिमरा उडानमा भने ५५ रुपैयाँ कम गरिएको छ ।

हवाई भाडामा फ्युल सर्चार्ज वायुसेवा कम्पनीले लिने भाडाको एउटा अंश मात्र हो । यसमा विभिन्न कर तथा सेवा शुल्क जोडिएपछि यात्रुले तिर्नुपर्ने अन्तिम भाडादर तय हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="