after_navbar

महाधिवेशन कार्यतालिका स्थगनप्रति कांग्रेस सहमहामन्त्री यादवको आपत्ति


पुष १८, २०८२


काठमाडौँ ,१८ पुस । नेपाली कांग्रेसका संस्थापन पक्षका केही नेताहरूले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेको भन्दै आपत्ति जनाएका छन्।

ad

सहमहामन्त्री महेन्द्र यादवले महामन्त्रीहरूले एकल निर्णयमार्फत कार्यतालिका स्थगन गर्नु गम्भीर विषय भएको बताए। उनका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सार्वजनिक गरिएको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकबाट मात्र स्थगन गर्न सकिने व्यवस्था छ।

‘महामन्त्रीहरूको निर्णयबाट महाधिवेशनको कार्यतालिका स्थगन हुन सक्दैन,’ यादवले भने, ‘विशेष महाधिवेशन बोलाउने अधिकार पनि महामन्त्रीहरूलाई छैन।’

उनले महाधिवेशनसम्बन्धी कुनै पनि संशोधन वा परिवर्तन केन्द्रीय कार्यसमिति वा केन्द्रीय कार्यसम्पादन समितिको संस्थागत निर्णयका आधारमा मात्र हुनुपर्ने स्पष्ट पारे। महामन्त्रीहरूले आफूखुसी निर्णय गरी विज्ञप्ति निकाल्नु पार्टी विधान र प्रक्रियाविपरीत भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="