after_navbar

भमके खोला पुलको शिलान्यास


पुष २, २०८२


दाङ,२९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने भमके खोलामा करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच पुलको शिलान्यास समेत गरिएको छ।

ad

वडा नम्बर २ का वडा अध्यक्ष भीम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथितामा उक्त पुलको शिलान्यास भएको हो।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विजय वि.के. तथा वडा नम्बर ८ का वडा अध्यक्ष घर्मबहादुर ओली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै, स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव सन्तोष न्यौपानेले गरेका थिए । पुल निर्माणपछि खैरीपुर–अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="